विदेशमा लगानी भएको प्रमाणित भए कानुनी कारवाही भोग्न तयार छु : डा.महतो
वि.सं.२०७५ माघ ६ आइतवार १६:४७
shares

काठमाडौं । पूर्व सांसद एवं संघीय समाजवादी फोरम नेपालका नेता डा.वीरेन्द्र महतोले खोज पत्रकारिता केन्द्रको आफ्नो नाममा बेलारुसमा ‘ओजेएससी एम्कोडोर होल्डिङ लिमिटेड कम्पनी’ आफ्नो लगानी रहेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
डा। महतोले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘ओजेएससी एम्कोडोर होल्डिङ लिमिटेड कम्पनी’ आफ्नो लगानी रहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएका हुन्। उनले उक्त कम्पनीमा धेरै पहिला आफू निर्देशक पदमा कार्यरत रहेको पनि जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘यो कम्पनीमा गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्षसमेत रहनु भएको मेरो दाइ डा। उपेन्द्र महतोको लगानी रहेको कुरा साँचो हो। दाईको कम्पनी भएकोले म डाईरेक्टरको रुपमा कार्यरत थिएँ । तर, उक्त कम्पनीमा मेरो कुनै लगानी नरहेको जनाउन चाहन्छु।
डा। महतोले उक्त कम्पनीमा आफ्नो लगानी नै नरहेको कुरालाई अनावश्यक रुपमा नाम छोडेर खोज पत्रकारिताको नाममा आफ्नो व्यक्तिगत र व्यवसायिक प्रतिष्ठामाथि आँच पुर्याउने काम भएको भन्दै भत्र्सना गरेका छन्।
‘एनसेल कर छली प्रकरणमा म संलग्न भएको जसरी प्रतिवेदन ल्याएकोप्रति पनि मेरो गम्भिर आपत्ति छ। म तत्कालीन संविधानसभाको सदस्य थिएँ। संसदको सार्वजनिक लेखा समितिको सदस्य हुँदा समितिको बैठकमा मैले स्पष्टसँग एनसेलसँग राज्यले कुनैपनि हालतमा कर असुल्नुपर्छ भनेर बोलेको कुरा अहिलेपनि रेकर्डमा छ,’ डा महतोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनले नेपालबाहेक आफ्नो कुनैपनि देशमा लगानी र कुनैपनि कम्पनी नभएको दाबी गरेका छन्। प्रतिवेदनमा दाबी गरिएजस्तो आफ्नो संलग्नता रहेको पुष्टि भए म कानुनी कारबाही भोग्न तयार रहेको बताएका छन्। ‘तर, हुँदै नभएको कुरालाई बाहिर ल्याएर आम जनतामा भ्रम छर्ने काम गर्नु व्यक्तिको मानहानी गर्नु मेरो ठहर छ,’ उनले भनेका छन्।































