सरकारले आफ्नो प्रतिवद्धता अनुसार काम नगर्दा व्यापारमा समस्या : अध्यक्ष श्रेष्ठ
वि.सं.२०७५ माघ ६ आइतवार १७:२१
shares

काठमाडौँ । चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले आफुले गरेको प्रतिवद्धता अनुसार काम नगर्दा अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनमा समस्या आएको बताएका छन्। आईतबार राजधानीमा आयोजित व्यापार र लगानी सम्बन्धी अन्तरक्रियामा अध्यक्ष श्रेष्ठले सरकारले नेपालमा चिनिया बैक स्थापना गर्ने प्रतिवद्धता जाहेर गरेपनि अहिले सम्म हुन नसकेको बताएका हुन्।
चाईनासंगको नेपाली व्यापार विस्तारका लागि नेपालमा चिनिया बैक स्थापना हुनु जरुरी रहेको भन्दै उनले प्रतिवद्धता जाहेर गरेर पनि अहिलेसम्म त्यस तर्फ प्रयास नहुनु दुखद भएको बताए। अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनमा कार्यरत चाईना परिषदको टोलीसंग उनले बैक स्थापनाका लागि पहल गर्दै नेपालमा लगानी बढाउन आग्रह गरे।
नेपालसंगको अन्तराष्ट्रिय व्यापार विस्तारको क्रममा परिषद्को ३० सदस्यीय टोली नेपाल भ्रमणमा आएको हो। नेपालमा रेल्वे विकास, बैंकिङ सम्बन्ध, हवाइ सम्पर्क तथा पर्यटनको क्षेत्रमा चिनिया व्यापारी टोलीले चासो देखाएको चेम्बरका अध्यक्ष श्रेष्ठले बताए।































