संसदमा चिकित्सा शिक्षा विधेयक पेस हुँदै

4.42K
shares

काठमाडौ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस हुँदैछ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गर्ने कार्यसूची छ ।

सरकारले जबर्जस्ती बिधेयक पेश गर्ने भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले बिरोध गर्ने भएको छ। कांग्रेस भने विधेयकलाई जसरी पनि रोक्ने रणनीति बनाएको छ। विधेयक जस्ताको तस्तै पारित गर्ने रणनीति सत्तापक्षको छ। प्रमुख प्रतिपक्षी कांग्रेस भने विधेयक जस्ताको जस्तै पारित गर्न खोजिए संसद् बैठक अवरोध गर्ने तयारीमा छ।

गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै कांगे्रसले आजको संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको छ।

विधेयकमा सरकारले आफूसँग गरेको सहमती नसमेटिएको भन्दै प्रध्यापक डाक्टर गोविन्द केसी १३ दिनदेखि आमरण अनसनमा छन्। १५औं अनशनमा सरकार र डा।केसीबीच भएको सम्झौता हुबहु लागू गर्नुपर्ने केसीको मागमा कांग्रेसले समर्थन जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083