डा. केसीको अनसनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने सरकारको तयारी

5.29K
shares

काठमाडौँ । अनसनरत डाक्टर गोविन्द केसीका मागलाई बेवास्ता गर्दै प्रतिनिधि सभाले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ। केही दिनअघि शिक्षा तथा स्वास्थ्य समितिले संसदमा पेश गरेको विधेयकलाई सोमबारको बैठकबाट पारित गर्ने तयारी भएको छ।

सोमबारको संसद बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयकमाथि छलफल होस् भन्ने र पारित होस् भन्ने प्रस्ताव गर्ने कार्यसूची तय भएको छ।

मध्यान्ह बाट सुरू हुने बैठकको अन्तिम कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको छ। उपसमिति र समितिमा विधेयकमाथि फरक मत राखेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरोध गर्न सक्ने भएकाले बैठकको अन्तिम कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको हो।

समितिले तयार पारेको विधेयकमा आफूसँग भएको सम्झौता विपरितका व्यवस्थाहरू रहेको भन्दै डाक्टर केसी पुस २५ गतेदेखि अनसनरत छन्।

अनसनको १३ औं दिन बितिसक्दा पनि सरकारले केसीसँग वार्ता गर्नका लागि कुनै पहल गरेको छैन। केही दिनअघि आफूले संसदलाई डाक्टर केसीसँगको सम्झौताअनुसार कानुन बनाउन आदेश दिन नसक्ने बताएका बताएका प्रधानमन्त्री केपी शर्मा ओली झन्डै साता दिन लामो स्विट्जरल्याण्ड भ्रमणका लागि गएका छन्।

डाक्टर केसीले भने आफ्नो माग पूरा नभएसम्म अनसन जारी रहने बताएका छन्। आइतबार त्रिवि शिक्षण अस्पतालको आइसियूबाट वार्डमा सारिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘जबसम्म माग पूरा हुँदैन, सत्याग्रह जारी रहन्छ।’

यो पनि पढ्नुहोस् :

डा. केसीको सम्बन्धमा संसदमा प्रधानमन्त्रीको जवाफ : ‘कानुनभन्दा माथि व्यक्तिको अनसन हुँदैन’

डा. केसीको जीवन रक्षाको पहल गर्न चिकित्सक संघको आग्रह

– ‘सरकारले डा. केसीलाई धोका दियो’ : गगन थापा

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083