नविना लामाले घरभाडा फिर्ता गर्ने (बिज्ञप्ती सहित)
वि.सं.२०७५ माघ ७ सोमवार १३:३५
5.8K
shares
shares

काठमाडौं । राजनितीक आडमा गरिएको गतिविधीको कारण आलोचनामा आउँने गरेकी नेकपा सांसद नविना लामाले घरभाडा बापत सरकारबाट लिएको रकम फिर्ता गर्ने भएकीछिन् । एक बिज्ञप्ती जारी गर्दे उनले संसद् सचिवालयमा यसअघि काठमाण्डौमा घर भएको जानकारी गराए पनि भाडा उपलब्ध गराइरहेको उनको दाबी छ ।
आफुले सम्पुर्ण विवरण सचिवालयमा प्रस्तुत गर्दा पनि भाडा लिने सूचिमा आफनो पनि नाम परेपछि आफु आश्चर्यमा परेको विज्ञप्तीमा उल्लेख गरेकीछिन् ।
विवाह गर्नुअघि बुबाको घरमा र विवाह पछि ससुराको नाममा रहेको घरमा बस्ने गरेको उनको भनाई छ । बिज्ञप्तीमा लेखिएको छ ,‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद् सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।































