समायोजनमा प्रदेश रोज्ने प्रहरीको एक ग्रेड बढुवा
वि.सं.२०७५ माघ ८ मंगलवार १०:५५
5.1K
shares
shares

काठमाडौं । समायोजनमा प्रदेश रोज्ने प्रहरीलाई एक ग्रेड बढुवाको सुविधा दिने गरी नेपाल प्रहरीको समायोजन ऐन बन्ने भएको छ । गृह मन्त्रालयले प्रहरीको समायोमजन विधेयक तयार गरी संसदमा पेश गर्न स्जीकृतिका लागि मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ । मन्त्रिपरिषद्को निर्णयपछि विधेयकलाई कानुनी रुप दिन अबको केही दिनभित्रै संसद सचिवालयमा दर्ता गरिने तयारी रहेको छ ।





























