करीना कपुरलाई भोपालबाट चुनाव लडाउने तयारीमा कांग्रेस

6.41K
shares

एजेन्सी। भारतीय कलाकार राजनीतिमा लाग्नु नौलो विषय होइन। यतिबेला बलिउड अभिनेत्री करीना कपुर पनि राजनीतिमा प्रवेश गर्ने समाचारले चर्चा पाएको छ। करिनाले राजनीतिमा कदम राखिसकेकी भने छैनन् तर करीना मध्यप्रदेशको संसदीय क्षेत्र भोपालबाट चनाव लड्ने तयारीमा रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

संचारमाध्यमका अनुसार दुई कांग्रेस नेता पार्षद योगेन्द्र सिंह चौहान उर्फ गुड्डू चौहान र अनस खानले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई एक पत्र लेखेर ३८ वर्षकी करीनालाइ भोपाल संसदीय क्षेत्रबाट चुनावमा टिकट दिन माग गरेका हुन्। १९८४ देखि अहिलेसम्म कांग्रेसले यो क्षेत्रमा चुनाव जित्न सकेको छैन्।

भोपाल संसदीय क्षेत्र भाजपाको गढ मानिन्छ। १९८४ देखि लगातार यहाँ भाजपाले चुनाव जित्दै आएको छ। कांग्रेस यो क्षेत्रमा कब्जा जमाउन चाहन्छ। यही कारण पार्षद चौहानले सोमबार राहुल गान्धीलाई पत्र लेखेका हुन्। पत्रका आगामी लोकसभा निर्वाचन महत्वपूर्ण भएको र त्यसकालागि भोपाल संसदीय क्षेत्रमा करीना कपुरलाई उम्मेद्वार बनाउनपर्ने तर्क गरिएको छ।

कांग्रेस नेता चौहानले पत्रमा कांग्रेसले भोपालमा जित हासिल गरेको एक दशक भन्दा बढी भइसकेको छ। त्यसकारण भोपालका पटौदी परिवारकी बुहारी करीना कपुर खानलाई भोपाल संसदीय क्षेत्रबाट टिकट दिनुपर्ने र्तक गरेका छन्। पत्रमा लेखिएको छ, ‘भोपाल लोकसभा सिटमा धेरै वर्षदेखि भाजपाको कब्जा छ। २०१९ को चुनाव निकै महत्वपूर्ण छ। यसकारण भोपाल लोकसभाकालागि करीना कपुर यसकालागि उपयुक्त प्रत्यासी साबित हुन्छिन्। यदि करिना कपुर चुनाव लडिन भने निश्चित रुपमा कांग्रेसको जीत हुन्छ।’

उनीहरुले पूर्व नेता मंसुर अली खान पटौदीकी बुहारी हुनु पनि करीना कपुर र कांग्रेसको पक्षमा काम हुन्छ। पटौदी परिवारको भोपाल शहरसँग गहिरो सम्बन्ध छ। करीना भोपालका नवाब परिवारकी बुहारी हुन्।

उनका पति सैफ अली खान हुन्। उनी भोपाल जाने आउने गरिरहन्छन्। पूर्वमा पटौदी परिवारका मंसुर अली खान पटौदीले १९९१ मा भोपाल संसदीइ क्षेत्रबाट लोकसभा चुनाव लडेका थिए, तर जित्न सकेनन्। उनलाई भाजपाका सुशील चन्द्र बर्माले एक लाख भन्दा धेरै मतले पराजित गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083