तरुण दलले आजदेखि देशव्यापी विरोध कार्यक्रम गर्दै

4.12K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले आजदेखि देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । तरुण दलले सरकारलाई दबाब दिन आज (मंगलवार) विराटनगरबाट देशव्यापी विरोध कार्यक्रम शुरु भएको हो ।

माउ पार्टीले प्रतिपक्षीको भूमिका मजबुत बनाउने भन्दै आफ्ना भ्रातृ संगठनलाई सरकारका पछिल्ला काम कारबाही विरुद्ध सडकमा उत्रार्ने रणनीति अघि सारेसँगै तरुण दलले विभिन्न विरोध प्रदर्शनका कार्यक्रम शुरु गर्न लागेको तरुण दलले जानकारी दिए ।

तरुण दलका केन्द्रिय अध्यक्ष जीतजंग बस्नेतका अनुसार आज विराटनगरबाट शुरु हुने दबाबमुलक कार्यक्रम आगामी माघ १४ गते धनगढीमा पुगेर सकिने बस्नेतले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083