शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षाा बिधेयक पारित हुन्छ : भट्टराई

4.56K
shares

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत हुने जनाए। उनले भने, ‘माघ ११ गते बस्ने बैठकमा यो विधेयक पारित गर्छौं।

मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भनेपनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ। किनभने त्यसको नजिर चाँहि कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाइसक्नुभएको छ। संसदको आफ्नै अधिकार हुने सुनाउँदै उनले चिकित्सा शिक्षा विधेयक पास गर्ने कुरामा नरोक्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे। विधेयक पारित भएपछि बरु कम्युनिष्ट पार्टीले ज्यादती गर्यो र संसदबाट अधिनायकवाद ल्याउन खोज्यो भनेर विधेयक लिएर पढाउन जानपनि कांग्रेसलाई उनले सुझाव दिए। उनले थपे, ‘यो विधेयक प्रतिगामी छ, माफीयमुखी छ भनेर के–के पढाउनुपर्छ ?

आफूले पढाउन सकिएन भने गोविन्द केसीलाई सँगसँगै कांग्रेसको मञ्चमा लगेर पढाए भयो। हाम्रो विरुद्धमा जनमत बनाए हुन्छ। देश र संसदलाई अवरुद्ध गर्ने कुरा यो विषयमा राम्रो हुँदैन। किनकी यसमा त नेपाली कांग्रेस प्रक्रियामा भाग लिँदै आईसक्यो। संसद आफ्नो पार्टीको लागि आत्मा हो, पर्यावाची हो भन्ने कांग्रेसजस्तो पार्टीले संसदलाई यसरी खिल्ली उडाउन नहुने उनको भनाइ छ। उनले भने, ‘व्यवस्थाप्रतिको जनताको विश्वास गुम्न सक्छ।

त्यो डगमगाउन सक्छ । ०१७ सालमा त्यस्तै भएको थियो। नेपाली कांग्रेसका साथीहरुलाई यो विद्येयक मन परेको छैन भने तपाईहरु मतदानको माग गर्नुहोस । आफ्नो विपक्षमा मत हाल्नुहोस । ती सबै अधिकारहरु छन् नि, त्यसलाई प्रयोग गर्नुहोस। ती अधिकारलाई प्रयोग नगरी संसदलाई बन्धक बनाउने कुरा राम्रो होइन।

भट्टराईले आजको दिनमा अनशनरत डाक्टर गोविन्द केसी गलत भएको प्रतिक्रिया दिए। उनले भने, ‘डाक्टर केसी गलत हुनुहुन्छ। अब उहाँ पछि हट्नुको विकल्प छैन। किनभने उहाँले उठाउनुभएको सबै माग विधेयकमा समावेश भैसकेका छन् । उहाँले उठाउँदै आएका मुद्दापनि यसमा आएका छन् । अब उहाँले यसको नाममा द्वन्द्वकालका मुद्दाहरु, अब प्रचण्डलाई नै जेल हाल्छु, अर्कोलाई जेल हाल्छु । पख तिमीहरुलाई भन्नुभएको छ । त्यो हो भने बेग्लै कुरा हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083