रामबहादुर बमजन को हुन्र , बारम्बार आरोपमा किन फस्छन् ? उनी दोषी कि निर्दोष ?
वि.सं.२०७५ माघ १२ शनिवार ११:४८
shares

काठमाडौं । आफूला ‘लिटिल बुद्ध’का रूपमा चिनाएका रामबहादुर बम्जन विवादमा तानिएका छन् । उनको आश्रमबाट मान्छे हराउन थालेपछि हराएका व्यक्तिका आफन्तले आफ्ना मान्छे खोजी गरिदिन सरकारसमक्ष माग गरेका छन् । तर बमजनका पक्षधरले भने आरोप अस्विकार गरेका छन् ।
मध्य तराईको बाराको एकान्त बनमा एक ठूलो पीपलको बोट मुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चा बटुले । त्यसबेला १६ वर्षीय बमजनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए । उनै रामबहादुर बमजन करिब १३ वर्षपछि फेरि एक पटक चर्चाको केन्द्रमा छन् ।
उनले आश्रमबाट केही व्यक्ति बेपत्ता पारेको आरोप लागेको छ । आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु राम बहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानविन गर्न सरकारसमक्ष माग गरेका हुन् ।
बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन ३ परिवारले सरकारलाई आग्रह गरेका हुन । बमजनको आश्रमबाट डोल्मो र चुन्मोलगायत अन्य आनी र चेला बेपत्ता भएको दावी गरिएको छ । तर बमजनका पक्षधरले भने यो आरोप अस्विकार गरेका छन् । बमजन वास्तवमै तपस्वी भएको र कुनै पनि गलत क्रियाकलाप गर्न नसक्ने कतिपयको दावी छ ।
१६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक गायब भएका थिए । तपस्याप्रति उनको लगाव र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थान आसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गरेको थियो ।
सुरुवाती समयमा बमजनलाई वास्तवमै वुद्ध भगवानसँग तुलना गरेर सम्मान र आदर गरिएको थियो । अनुयायीहरूले बिस्तारै उनी तपस्या गरेको क्षेत्रलाई धार्मिक ध्वजा–पताकाले सुसज्जित गरेर धार्मिक स्थल जस्तै बनाएका थिए । नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनको कर्मले यति चर्चा पायो कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरेका थिए ।
तर बमजनले सञ्चालन गरेको आश्रमबाट अनुयायीहरू बेपत्ता भएको विवरण सार्वजनिक भएसँगै बमजन माथि विभिन्न किसिमका आरोप लाग्न सुरु भएको छ । बारा जिल्लामै केही स्थानीयहरू माथि हातपात गरेको विवरण आएपछि सन् २०१० मा बमजनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सन् २०१२ मा फेरि सोही कारण देखाउँदै करिब तीन महिना दुई जना विदेशी महिलालाई बन्धक बनाएपछि उनी चर्चामा आएका थिए ।
यसै वर्षको भदौ महिनामा ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि बमजनविरुद्ध थप आरोपहरू लागेका र प्रहरीमा उजुरीहरू परेका विवरण बाहिर आइरहेका छन् ।
आखिर को हुन् बमजन ?
बमजन आबद्ध धार्मिक संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारी अनुसार उनको जन्म सन् १९९०को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो। उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो। उनका ५ छोरा र ४ छोरी छन्। रामबहादुर तेस्रो छोरा हुन्।
“उनी गर्भमा हुँदा उनकी आमालाई माछा मासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन्। उनी सानो उमेरदेखि नै लामो समयसम्म घर बाहिर जाने गर्दथे। उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ।
सन् २००५ मा बीबीसीसँगको कुराकानीमा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन ६ महिनासम्म पानी समेत नपिएर ध्यानमा लीन भइसकेको र बुद्धत्व प्राप्त नहुँदा सम्म उनी ध्यानमै रहने बताएका थिए। उक्त विवरणका अनुसार गौतम बुद्धको आमाको नाम मायादेवीसँग मिल्न गएको बमजनको आमाको नामका कारण पनि स्थानीयहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए।
त्यसो त तपस्या सुरु गर्नु अघि नै उनले आफ्नो परिवारका अन्य सदस्यलाई पशुबली नदिन, माछा मासु र रक्सी सेवन नगर्न आग्रह गर्ने गरेको पारिवारिक श्रोतहरूले बताउने गरेका छन्।
तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिनै रह्यो। १६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक गायब भएका थिए।
तपस्याप्रति उनको लगाव र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थान आसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गरेको जानकारहरू बताउँछन्अ नुयायीहरूले बिस्तारै उक्त क्षेत्रलाई लुङ्ता छोर्तेन जस्ता धार्मिक ध्वजा-पताकाले सुसज्जित गरेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो।
कहाँ कहाँ छन् आश्रम ?
बाराको रतनपुरी गाउँ नजिकैको बनबाट तपस्या सुरु गरेका बमजनले पछिल्लो दशकमा मुलुकको विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो वासस्थान समेत फेरिरहने गरेको अधिकारीहरूको भनाइ छ।
बारा बाहेक सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत उनको आश्रम रहेको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताए।
बारम्बार विवादमा
बारा जिल्लामै केही स्थानीयहरू माथि हातपात गरेको विवरण आएपछि सन् २०१० मा बमजनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। बीबीसीले घटना लगत्तै गरेको समाचारमा बमजनले ध्यान गरिरहेको बेला उनीहरूले बाधा गरेकोले आक्रमण गरेको स्वीकारेका थिए। सन् २०१२ मा फेरि सोही कारण देखाउँदै करिब तीन महिना दुई जना विदेशी महिलालाई बन्धक बनाएपछि उनी चर्चामा आए।
यसै वर्षको भदौ महिनामा ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। त्यसपछि बमजनविरुद्ध थप आरोपहरू लागेका र प्रहरीमा उजुरीहरू परेका विवरण बाहिर आइरहेका छन्।






























