मृत अवस्थामा भेटिए अर्जेन्टिनी फुटबलर ‘साला’
वि.सं.२०७५ माघ २१ सोमवार १४:३८
shares

एजेन्सी । करिब दुई सातादेखि विमानसँगै हराइरहेका अर्जेन्टिनी फुबबलर इमिलिआनो साला र उनका पाइलट भेटिएका छन् । ‘ बीबीसी’का अनुसार बेपत्ता विमान अघिल्लो दिन इंग्लिस च्यानल क्षेत्रमा भेटिएको हो ।
खबरअनुसार बेपत्ता विमान इंग्लिस च्यानल समुद्री क्षेत्रको पिँधमा भेटिएको हो । फुटबलर साला र उनका पाइलट दुवै मृत अवस्थामा भेटिएको बताइएको छ । २८ वर्षीय अर्जेन्टिनी साला गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट नयाँ क्लब कार्डिफ सिटी जान वेल्सका लागि उडेका थिए । उनले उडान भर्नुभन्दा २ दिनअघि मात्रै कार्डिफ सिटीमा अनुबन्ध हुन सम्झौता गरेका थिए ।
साला बेपत्ता भएपछि उनको खोजी तत्कालै थालिए पनि ८० घन्टासम्मको खोजीपछि पनि उनको टुंगो नलागेपछि २ दिन खोजी रोकेर पुनः निजी क्षेत्रको पहलमा उनको खोजी थालिएको थियो ।
नयाँ टोलीले खोजी थालेको दोस्रो दिन उनी सवार विमानका दुई सिट दुर्घटना क्षेत्रमा फेला पारेको थियो । त्यसको ३ दिनपछि सोही क्षेत्रमा समुद्री पिँधमा सालाको विमान भेटिएको हो । खोजीबारे बिस्तृतमा जानकारी आउन बाँकी छ ।












