यसै आर्थिक वर्षभित्र सबै स्थानीय तहमा बैंकको शाखा स्थापना हुने अर्थमन्त्रीको भनाइ

4.91K
shares

काठमाडौं। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशको सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुर्याउने नीति अनुरुप सरकारले काम गरिरहेको बताएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले ७ सय ५३ वटै स्थानीय तहमा बाणिज्य बैकको शाखा पुर्याउने गरि काम भइरहेको जानकारी दिएका हुन्।

उनले ७ सय ५३ मध्ये ७ सय ३ वटा स्थानीय तहमा बाणिज्य बैकको शाखा विस्तार भइसकेको र चैत मसान्त भित्र ३० वटा स्थानीय तहमा बाणिज्य बैकको शाखा विस्तार भइसक्ने बताए। उनले यसै आर्थिक वर्षभित्र सबै तहमा वाणिज्य बैकको शाखा विस्तार हुने विश्वास आफूले लिएको बताए। मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्र प्रसाद बडूले दार्चुला जिल्लाको लेकम गाउपालिकामा इजाजत प्राप्त बैंकको शाखा कहिलेसम्म खुल्छ भन्दै प्रश्न गरेका थिए।

जवाफमा मन्त्री खतिवडाले लक्ष्मी बैकले लेकमा शाखा स्थापना गरी संचालन भइरहेको र यसै आर्थिक वर्ष भित्र सबै स्थानीय तहमा वाणिज्य बैकका शाखा पुग्ने र त्यसको आवधिक प्रगतिको निरन्तर अनुगमन गर्ने कार्य नेपाल राष्ट्र बैकबाट भइरहेको बताए। गाउपालिकाको केन्द्रमा नै शाखा खोल्नु उपयुक्त हुने भनेर आफूहरुले बैंकहरुलाई भन्ने गरेको भएपनि स्थानीय तहको सुगमता, आर्थिक क्रियाकलाप र कारोवारको अवस्था हेरेर बैंकका शाखा स्थापना हुने तर्फ पनि विचार पुर्याउनुपर्ने तर्क उनले गरे।

सांसद राम बहादुर विष्टले जेष्ठ नागरिकले भत्ता बुझ्न बैक खाता खोल्नुपर्ने र पैसा बुझ्न बैंकसम्म पुग्नुपर्ने बाध्यताका कारण दुर्गम स्थानमा समस्या भएको भन्दै वडा/वडा र दैलो दैलोमा जेष्ठ नागरिकलाई भत्ता पु्याउने व्यवस्था हुन सक्छ सक्दैन भन्दै प्रश्न गरेका थिए। जवाफमा मन्त्री खतिवडाले त्यसका लागि पूर्वाधारको विकास गर्दे जानुपर्ने बताए। सांसद विरोध खतिवडाले निजी बैकले प्रत्येक गाउपालिकामा पुग्ने प्रतिवद्धता गरेपनि कार्यान्वयमा उदासिनता देखाएकाले आर्थिक बर्षभरिमा सबै स्थानिय तहमा बैकका शाखा पुग्नेमा मन्त्री ज्यु विश्वस्त हुनुुहुन्छ भन्ने प्रश्न गरेका थिए।

सांसद डिला संग्रौला पन्त,दिव्यमणि राजभण्डारी र गगनकुमार थापाले विदेशी मुद्रा सटहीमा सरकारले निर्धारण गरेको सिमाबारे जिज्ञासा राखेका थिए । विदेश भ्रमणमा जादा नेपालीलाई दिएको सटही सुविभा २ हजार ५ सय डलर बाट घटाएर १ हजार ५ सय डलर भएको भन्दै अझै घटनाउने योजना त छैन भनि प्रश्न गरेका थिए । मन्त्री खतिवडाले नेपालीहरुको औषत खर्च गर्ने क्षमताको आधारमा सटही सुविधालाई निश्चित सिमामा ल्याउन खोजेको भन्दै उनले सरकारको प्रयास विदेशी डलरको संचिति बढाउने रहेको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083