बजेट अभावले सबै प्रदेशमा महिला पुर्नस्थापना केन्द्र निर्माण गर्न सकिएन

6.14K
shares

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले बजेट अभावका कारण सबै प्रदेशमा महिला पुर्नस्थापना केन्द्र निर्माणको काम अघि बढाउन नसकिएको बताएकी छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘हिंसा पीडित महिलाका लागि सातै प्रदेशमा निर्माण गरिने भनिएको आवास गृह’ का बारेमा सांसदले सोधेको प्रश्नको जवाफ दिदै उनले बजेट अभावका कारण सबै प्रदेशमा आवास गृह बनाउन नसकिएको बताएकी हुन्।

सात वटै प्रदेशमा पुर्नस्थापना केन्द्र निर्माण गर्नुपर्छ भनी राष्ट्रपति महिला उत्थान कार्यक्रमको बजेटलाई प्रदेशस्तरमा हिंसा पीडित महिलाको पुर्नस्थापनाको लागि दीर्घकालिन पुर्नस्थापना कार्यक्रम संञ्चालनका लागि ७० लाख बजेट विनियोजन गरि १७ जिल्लामा अल्पकालिन आश्रयस्थल संञ्चालन भईरहेको बताइन्।

उनले २५ जिल्लामा थप कार्यक्रम संञ्चालन गर्ने भनि अघिल्लो वर्ष सुरु गरिएको कार्यक्रम भनते बजेट अभावले गर्न नसकिएको बताए। सांसद सरिता न्यौपानेले हिंसा पीडित महिलाका लागि सातै प्रदेशमा निर्माण गरिने भनिएको आवास गृह निर्माणको काम के भईरहेको छ भनी प्रश्न गरेकी थिइन्। उनले काठमाडौंको सिफलमा केन्द्रीय स्तरको मंगला सहाना दीर्घकालिन पुर्नस्थापना केन्द्र संचालन भईरहेको जानकारी दिइन्।

प्रदेश १ को विराटनगरमा अमेरिकी दुतावासको सहयोगमा पुर्नस्थापना केन्द्र निर्माणका लागि भवन निर्माण कार्य भईरहेको र हस्तान्तरणपछि प्रदेश सरकारलाई हस्तान्तरण गरिने, प्रदेश नम्बर ३ को सिन्धुपाल्चोकमा अमेरिकी दुतावासको सहयोगमा भवन निर्माणको काम भईरहेको र प्रदेश ५ को बर्दियामा भवन निर्माण सम्पन्न भई पीडितहरु पुस्थापना केन्द्रमा बस्न थालेको उनले जानकारी दिए।