बन्दीपुरमा जीप दुर्घटना हुदा दुईजनाको मृत्यु

4.54K
shares

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङतर्फ जाँदै गरेको ग २ च ३२७० नम्बरको जीप बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा आज राति बुधबार साँझ ७ः३० बजे दुर्घटना हुँदा सोही ठाउँका ५० वर्षीया भीमकुमारी गुरुङ र ५० वर्षीय मनबहादुर गुरुङको मृत्यु भएको हो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको बन्दीपुर अस्पतालमा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

जीप कच्ची सडकबाट ५० मिटर तल खसेको उनले जानकारी दिए। दुर्घटनामा बन्दीपुर गाउँपालिका–५ कै ४५ वर्षीया चिजामाया गुरुङ, सोही ठाउँका ६० वर्षीया हरिमाया गुरुङ, ६० वर्षीया धनमाया गुरुङ, ५१ वर्षीया कमली गुरुङ र जीप चालक सोही ठाउँका २५ वर्षीय बिर्खबहादुर गुरुङ घाइते भएका छन्। घाइतेहरूको उपचार पोखरामा भइरहेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083