काठमाडौँ सहित देशभर वर्षा, उच्च हिमाली भेगमा हिमपात

4.93K
shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहीबार देखि तीन दिनसम्म काठमाडौँ सहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने जनाएको छ।

पश्चिमी न्यून चापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो। ‘मंगलबार दिउँसो देखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्‍यो, मौसमविद्ले भने, ‘हिँउदमा कहिले कम र कहिले प्रभावशाली भएर आउने पश्चिमी न्यून चापीय प्रभाव यो वर्ष प्रभावशाली भएर भित्रिएको छ।

बुधबार दिउँसो देखि पश्चिमी नेपालमा मध्यम वर्षा भएको मौसमविद् सुवास रिमालले बताएका छन् । बिहीबार काठमाडौँ उपत्यका सहित पश्चिमी क्षेत्रमा यस्तै वर्षा हुने। पश्चिमी हिमाली क्षेत्रमा एक दुई स्थानमा हिमपात हुन सक्ने। बिहीबार बाटै वर्षा शुरु भई शुक्रबार सम्म रहने जनाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083