किशोरीहरुले कसरी गर्छन् ‘हस्तमैथुन’ ?

10.86K
shares

काठमाडौँ । आफ्नो यौनांग चलाई यौन आनन्द लिने क्रियालाई हस्तमैथुन भनिन्छ । प्रायः हातको प्रयोग गरिए पनि यसका लागि विभिन्न वस्तु, साधन वा खेलौना सेक्स टोइज पनि प्रयोग गर्न थालिएको छ ।

चाँडै र सजिलै सिक्ने भएकाले किशोरहरूलाई हस्तमैथुनको लत लाग्छ । विश्वमा ९० प्रतिशत पुरुष र ६० प्रतिशत महिलाले हस्तमैथुन गर्ने गरेका छन् ।

हस्तमैथुन गर्नाले मुखमा दाग आउने, आँखा कमजोर हुने, दुब्लाउने, नपुंसक हुने, शीघ्र पतन हुने, विवाहपछि यौन सन्तुष्टि नमिल्ने भ्रम छन् । हस्तमैथुन यति नै पटक गर्न मिल्छ भन्ने यकिन छैन । यो व्यक्ति विशेषको यौनेच्छामा भर पर्छ । यौनेच्छा शान्त पार्न मद्दत गर्ने वैकल्पिक बाटो हस्तमैथुन प्राकृतिक कुरा हो । यसलाई पापकर्म मान्नुहुदैन ।

Related image

निश्चित सीमाभित्र रहेर हस्तमैथुन गरेमा यौन अपराधलगायत अनावश्यक गर्भधारण, यौनरोग र एड्स संक्रमण घटाउन सघाउंछ । तर, पटक–पटकको हस्तमैथुनले हीनताबोध वा आफूलाई दोषी ठान्ने मानसिक समस्या आउने कुरामा सजग हुनुपर्छ । हस्तमैथुन गर्ने बानी घटाउन योग गर्ने, सिर्जनशील काम एवं खेलकुदमा लाग्ने तथा यौन उत्तेजना बढाउने साहित्य पढ्ने, हस्तमैथुन गर्न पायक पर्ने एकान्त ठाउँमा बस्ने गर्नु हुदैन ।

विवाहित पुरुषले श्रीमतीको यौन चाहनालाई पनि ध्यान दिनुपर्ने भएकाले यौन सम्पर्कका लागि पनि टाइम मिलाउनुपर्ने हुन्छ । हस्तमैथुनले यौन आनन्द मिलिहाल्यो भनेर श्रीमतीको इच्छालाई बेवास्ता गर्दा यौन तथा पारिवारिक जीवन बर्बाद हुन सक्छ । शीघ्र स्खलनको समस्या प्रायः सबैले अनुभव गरेका हुन्छन् । चांडो वीर्य स्खलन हुने समस्या सापेक्षिक कुरा हो । यसलाई परिभाषित गर्न गाह्रो छ ।

Image result for हस्तमैथुन

स्वस्थ व्यक्तिको तीन मिनेटमै वीर्य स्खलन हुन्छ । तुलनात्मक रूपमा महिलालाई चरम सुखमा पुग्न ढिलो हुन्छ । त्यसैले पनि पुरुषले शीघ्र स्खलनको अनुभूति गर्छ । कतिपयले भने वीर्य स्खलनअगाडि आउने रसलाई वीर्य ठान्ने र यौन फिल्ममा देखाइएको लामो यौनकार्यको दृश्यबाट प्रभावित भई आपूmमा शीघ्र स्खलन भएको शंका गर्छन् ।

Image result for हस्तमैथुन

शीघ्र स्खलन नियन्त्रण सम्भव छ । यौनसम्पर्कको क्रममा वीर्य स्खलन होलाजस्तो भयो भने लिंग बाहिर निकाल्ने अनि फेरि चालु गर्ने, पार्टनरको अंगमा ध्यान नदिने, यौन क्रिडा रोकेर ध्यान मोड्ने, महिलामाथि बसेर यौन क्रिडा गरेमा स्खलन ढिलो हुने हुनाले आसन परिवर्तन गर्ने, स्खलन हुन लाग्दा पार्टनरलाई गति धिमा गर्न संकेत गर्ने, स्खलन होलाजस्तो भयो भने लिंगको फेदमा अठ्याउने, अण्डकोष र मलद्वारबीचको वीर्य नली थिच्ने, कम चिप्लोयुक्त बाक्लो खालको कण्डमको प्रयोग गर्ने गरेमा शीघ्र स्खलनको समस्या बिस्तारै हट्छ ।

Image result for हस्तमैथुन

यसका साथै लिंगवरिपरिको मांसपेशीको कसरत, हस्तमैथुन गर्दागर्दै वीर्य स्खलन रोक्ने अभ्यासले पनि शीघ्र स्खलन घटाउन सकिन्छ । यसका लागि दृढ अठोट एवं धैर्यका साथै पार्टनरको सहयोग एवं समझदारी पनि आवश्यक हुन्छन् । लोग्ने मान्छेको लिंगको आकार सानो, ठूलो वा बांगो भए पनि यौनसुख पाउने मामिलामा फरक हुने होइन । ठूलोले बढी यौन सुख दिने पनि लिंगको साइजले पार्टनरलाई सन्तुष्टि दिने सन्दर्भमा असर गर्छ भनी सोच्नु सर्वथा गलत हो ।

यौन सम्पर्कलाई आनन्ददायी बनाउन लिंगको साइजको कुनै भूमिका हुँदैन । पार्टनर, परिवेश, फोरप्लेलगायत पक्षमा ध्यान दिन सके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083