बैंकिङ क्षेत्रमा प्रतिस्पर्धी नभए हस्तक्षेप हुनसक्छ : अर्थमन्त्री ‘खतिवडा’
वि.सं.२०७५ फागुन ५ आइतवार १६:३५
shares

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैकिङ क्षेत्र पारदर्शी तरिकाले नचलेमा हस्तक्षेप हुने बताएका छन्। उद्योगी-व्यवसायीले बैंक ब्याजदर नियन्त्रणका लागि सरकार गुहारिरहँदा खतिवडाले वित्तिय बजार प्रतिस्पर्धी नभए हस्तक्षेप हुनसक्ने बताएका हुन्।
नेसनल बैंकिङ इन्ष्टिच्युट ९एनबीआई० सञ्चालनको १० बर्ष पुगेको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा ‘प्रतिस्पर्धा हुनपर्छ। न्यूनतम नाफा कमाउने कुरामा द्विविधा छैन, तर बजार प्रतिस्पर्धी नभए हस्तक्षेप हुन्छ।’
शनिबार प्रधानमन्त्रीले आफ्नै निवासमा उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले ब्याजदर घटाउनुपर्ने बताएका थिए। आइतबार नै अर्थमन्त्रीले बैंकको ब्याजदरको सन्दर्भमा नैतिक समस्या देखिएको बताए।अर्थमन्त्रीले बैंकले लागत कम गरेर सेवा चुस्त बनाउन जरुरी रहेको भन्दै उद्यमीले उद्यमी र बैंकरले बैंकर बनेर काम गर्नुपर्ने बताए। सबैले आफ्नो भूमिका निभाउँदा समस्या नहुने उनको भनाइ छ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले उद्योगी व्यवसायीले मागजस्तो तुरुन्तै कर्जामा दोहोरो अंकबाट ब्याजदर एकलमा र्झन नसक्ने बताए। उनले तीन बर्षअघिको जस्तो ब्याज दर नखोज्न ब्यवसायीलाई आग्रह गर्दै अहिले त्यो अवस्था नरहेको प्रष्ट पारे।
‘व्यवसायीले एकल अंकको ब्याजदर भनिरहनु भएको, तर, अहिले ३ वर्षको पहिलो जस्तो अवस्था छैन,’ उनले भने,’बैंकको प्रभावकारिता बढाएर मात्रै ब्याजदर तीन-चार वर्षमा उहाँहरुले भनेको दरमा ल्याउन सकिएला।’ उनले तरलता पर्याप्त भए मात्र यस्तो अवस्था आउने बताए ।

























