प्रधानमन्त्रीले गायकको नाम फेरेर गीत गाएको कांग्रेसको खुलासा

5.43K
shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री कार्यालयको गम्भीर गल्तीको खुलासा गरेको छ। पार्टी कार्यालय सानेपामा सरकारको एक वर्षे समिक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त विषयको खुलासा भएको हो।

आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासिको नाममा सम्बोधन गर्दैगर्दा गाएको एउटा गीतमा भएको भूल सार्वजनिक गरेका हुन्। प्रधानमन्त्री ओलीले उक्त गित गाउँदा गायकहरुको नाम नै बिगारेर गित गाएको उनको आरोप छ।

प्रधानमन्त्री कार्यालयले तयार पारेको देशवासीको नाममा गरिएको सम्बोधनमा गाइएको गीत नारायण गोपाल-अरुणा लामाले गाएको गीत जस्तो- ‘त्यो तारा मात्रै हैन, जुन पनि झारी दिउँला’ भनेपनि उक्त गित उक्त गित उनीहरुले नगाएको आरोप उनले लगाएका छन्। पत्रकार सम्मेलनमा उनले उक्त विषयको खुलासा गरेका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083