पीएसजीको संघर्षपूर्ण जितमा एमबाप्पेको निर्णायक गोल
वि.सं.२०७५ फागुन ६ सोमवार १२:३२
3.94K
shares
shares

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ। आइतबार राति भएको खेलमा लिग लिडर पीएसजीले सेन्ट इटिनलाई १–० गोलअन्तरले पराजित गरेको हो।
पीएसजीको जितमा किलियन एमबाप्पेले निर्णायक गोल गरे। उनकै एक गोलको मद्दतमा पीएसजीले सेन्ट इटिनमाथि कठिन जित हात पारेको हो।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको पीएसजीले दोस्रो हाफमा गोल गर्न सफल भयो। पीएसजीका लागि खेलको ७३औं मिनेटमा एमबाप्पेले गोल गरे। बाँकी समयमा गोल हुन नसकेपछि खेल पीएसजीले १–० ले जित हात पारेको हो। जितसँगै पीएसजीले २३ खेलबाट ६२ अंक बनाएको छ।


























