‘भारतले आक्रमण गरे पाकिस्तान हेरेर बस्दैन त्यसको जवाफ पनि दिन्छ’ : इमरान खान

4.56K
shares

काठमाडौं । कश्मीरको पुलवामा जिल्लामा भएको चरमपन्थी आक्रमणबारे पाकिस्तानका प्रधानमन्त्री इमरान खान पहिलो पटक बोेलेका छन्।

४० जवानको मृत्यु भएको यो घटनामा भारतले पाकिस्तानलाई दोषी ठहर्‍याएको छ र त्यसको जवाफ दिने बताएको छ। यो घटनाको जिम्मेवारी भने पाकिस्तानस्थित आतंकवादी संगठन जैश-ए-मोहम्मदले लिएको थियो। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने भारतले विना प्रमाण आरोप लगाएको बताएका छन्। उनले भने, ‘पाकिस्तान स्थायित्वतर्फ बढेको छ भने हामी किन यस्तो गर्छौं।’

उनले अघि भने, ‘यसले पाकिस्तानलाई के फाइदा हुन्छ ? मैले पटक पटक भनेको छु कि यो नयाँ पाकिस्तान हो । पाकिस्तान आफैं आतंकवादीहरुबाट पीडित छ। म अफर गरिरहेको छु कि तपाई आउनुस् र छानविन गर्नुस्। यदि कसैले पाकिस्तानको जमिन प्रयोग गरेको छ भने उनीहरु हाम्रा पनि दुश्मन हुन्।’

सम्वादबाट समस्या समाधान गर्नुपर्ने भन्दै भारतले यसबारे किन सोच्दैन भन्ने प्रश्न पनि गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री इमरानले भनेका छन्, ‘भारतको मिडिया राजनीतिमा सुन्नमा आएको छ कि पाकिस्तानसँग बदला लिनुपर्छ, त्यसैले हमला गर्नुपर्छ । यदि तपाईलाई लाग्छ कि पाकिस्तानमाथि आक्रमण गर्नुपर्छ । पाकिस्तानले के सोच्छ ? सोच्ने मात्र होइन, पाकिस्तानले जवाफ दिन्छ ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083