प्रजातन्त्र व्यक्तिको स्वार्थ पूरा गर्न आएको होइन : सभामुख शाही

4.67K
shares

सुर्खेत । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले प्रजातन्त्रको विकल्प नभएको बताएका छन्। मंगलबार कर्णाली प्रदेश सरकारले आयोजना गरेको ६९ औं प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै ठूलो बलिदानीका कारण प्रजातन्त्र आएको बताउँदै यसको विकल्प नभएको बताएका हुन्। अहिले प्रजातन्त्रको बारेमा केही तत्त्वले संशय पैदा गर्न खोजिरहेका छन्। सभामुख शाहीले भने, ‘त्यस्ता संशयले प्रजातन्त्रकहो बाटो छेक्दैन। प्रजातन्त्र बाहेक अर्को कुनै प्रभावकारी बाटो नेपालमा सम्भव छैन।

सभामुख शाहीले देशमा प्रजातन्त्र भएकै कारण हरेकले उन्नती र प्रगती गर्दै गइरहेको बताए। ‘प्रजातन्त्र भएकै कारण उन्नती गर्ने, प्रगति गर्ने र प्रभावकारी रुपमा काम गर्ने नागरिकलाई अधिकार मिलेको छ। उनले भने, ‘हरेक नागरिकको जीन प्रजातन्त्र हो। यसलाई कार्यान्वयन गरेर लैजानुको विकल्प छैन। उनले प्रजातन्त्र प्रति जनताको चेतनास्तर बढाउँदै लैजानुपर्ने कार्यशैलीले प्रजातन्त्रलाई जीवन्त बनाउँदै लैजानुपर्नेमा जोड दिए।

‘प्रजातन्त्र कसैको निहित स्वार्थपूर्ति गर्न आएको होइन। सभाुमख शाहीले भने, ‘राष्ट्र निर्माणको महान अभियानमा सबै सहभागि बन्नुपर्छ र सबैले सहकार्य गरेर अघि बढेमा मात्रै शहीदले देखेको सुखी नेपाल र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ। कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सरकार प्रजातन्त्रप्रति कटिबद्ध रहेको बताए। उनले सरकारले पहिलोपल्ट यो दिवस मनाएको बताउँदै प्रजातन्त्र बलियो भएको खण्डमा मात्रै देश समृद्ध बन्ने र त्यसले सबैलाई सबल बन्न सहयोग गर्ने बताए।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शहीदको सपना साकार पार्न तीनै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए। उनले आन्दोलनबाट धेरै ठूला उपलब्धि प्राप्त गर्न सकेतापनि जनअपेक्षा अनुरुप अघि बढ्न नसकिएको बताए। उनले अब जनताले चाहेको नेपाल बनाउन सबै एकाकार भएर लाग्नुपर्ने र सुखी नेपाली समृद्ध नेपाललाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083