कोटेश्वर-कलङ्की सडकको बाहिरी लेनको निर्माण आधा सक्यो

4.69K
shares

काठमाडौँ । ‘कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण आधा सकिएको छ। दश दशमलव चार किलोमिटर लामो सो सडकको बाहिरी लेनको भौतिक प्रगति झण्डै ५० प्रतिशत रहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ।

कोटेश्वर–कलङ्की सडक चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माण भई गत महिना चिनियाँ दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियोे। सडकमा आठ लेन चिनियाँ निर्माण कम्पनीले तथा दुई लेन नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए। उनले भने,चाँडो काम सक्न लागिपरेका छौँ।

नेपाल सरकारले वार्षिक छुट्याएको बजेटबाट काम गर्नुपर्ने हुँदा केही भागमा निर्माणको काम सकिएको र केही भागमा धमाधम काम भइरहेको शर्माले बताए। अघिल्लो वर्षसम्म सडकको आठ लेनमा निर्माण जारी रहँदा यी दुई लेनमा भने सडक छेउमा रहेका संरचना हटाउन नसक्दा काममा ढिलाइ भएको थियो।

उनका अनुसार सडकमा मुख्य चार लेन, सहायक चार लेन र सर्भिस ट्र्याक दुई लेन रहेको छ। उनले भने, चालकले सर्भिस ट्र्याकबाट प्रवेश गरेर नै सहायक लेन हुँदै मुख्य लेनमा प्रवेश गर्न मिल्छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083