डीपीएल क्वालिफायरः अत्तरिया र काठमाडौंको लक्ष्य फाइनल प्रवेश

5.01K
shares

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो क्वालिफायर्समा आज (बुधबार) सिवाईसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ। फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया र ज्ञानेन्द्र मल्लको काठमाडौंबीचको खेल अपरान्ह १२ः३० मा सुरु हुदैंछ। प्रतिस्पर्धाको लागि मैदान उत्रदा दुवै टोलीको लक्ष्य फाइनल प्रवेश गर्नु हुनेछ।

अंक तालिकाको शीर्ष स्थानमा रहदै क्वालिफायर्स पुगेको अत्तरिया र दोस्रो स्थानमा रहेर क्वालिफायर्स पुगेको काठमाडौंबीचको विजेताले शनिबार हुने फाइनलमा स्थान बनाउनेछन्। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरबीचको विजेतासंग दोस्रो क्वालिफायर्स खेल खेल्नेछ। बिहिबार हुने इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ।

काठमाडौंविरुद्ध मैदान उत्रदा अत्तरिया जितको लयलाई कायम राख्दै फाइनल पुग्न चाहन्छ। लिग चरणको अन्तिम खेलमा काठमाडौंलाई ७ विकेटले हराएपछि अत्तरिया उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ। अत्तरियाले जारी प्रतियोगितामा उच्च प्रदर्शन समेत गरिरहेको छ। यता, काठमाडौं भने समूह चरणको अन्तिम खेलमा व्यहोरेको हारको बदला लिँदै फाइनल पुग्ने लक्ष्यमा हुनेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083