सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको राजनीति गर्न सक्दैन : सी जिनपिङ

5.49K
shares

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले व्यक्तिगत धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको सदस्यता लिन नहुने बताएका छन्। राष्ट्रपति सीले व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट नेताहरुले देश, जनता र कार्यकर्ताको सेवा गर्न नसक्ने बताए।

चीनमा भ्रष्टाचारविरुद्ध विशेष अभियान चलाएर विश्व चर्चित बनेका सीले नीजि धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुभन्दा व्यपारमा लाग्न सुझाव समेत दिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका १९ औं महाधिवेशको पूर्वसन्ध्यामा पार्टीका आन्तरिक प्रशिक्षणमा राष्ट्रपति सीले उक्त भनाई राखेको चिनियाँ संचारमाध्यमहरुले बताएका छन्।

सीले आफ्नो पहिलो कार्यकाल पूरा हुँदासम्म १० लाख सरकारी कर्मचारी, १५० पार्टीका उच्च नेतालाई भ्रष्टाचार संलग्न भएको भन्दै कारवाही गरिसकेका छन्। चीनमा पछिल्लो पटक मौलाउँदै गएको भ्रष्टाचारले हैरानी बनाएका चिनियाँ जनता र पार्टीका कार्यकर्ताहरुले सीको अभियानलाई साथ दिँदै आएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083