एकता टुंग्याउन नेकपाको सचिवालय बैठकमा यसरी छलफल, कार्यदल सदस्यपनि सहभागी

4.97K
shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ। एकता प्रक्रियाको टुंगो लगाउन कार्यदलसहित बसिरहेको सचिवालयको बैठकमा यसविषयमा छलफल भईरहेको हो। पार्टी एकतामा ढिलाइ हुँदा कार्यकर्ता तहबाट चर्को दवाव परेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले लामो गृहकार्यपछि आज स्थायी समितिद्वारा गठित कार्यदलका सदस्यसहित सचिवालय बैठक बोलाउनु भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा एकीकरण टुंगो लगाउने मापदण्डका विषयमा छलफल भईरहेको छ। आज बस्ने बैठकले एकताको ठोश निर्णय लिने बताइएको छ। गत फागुन ६ गते बसेको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन प्रस्तुत भएपछि एक पटक कार्यदलका सवै सदस्यलाई आमन्त्रण गरी सचिवालय बैठक एकताको टुंगो लगाउने निर्णयअनुसार आज सचिवालयमा आमन्त्रण गरिएको हो।

तीन महिनामा सवै तहको साँगठानिक एकता टुंगो लगाउने घोषणा गरेपनि लामो समयसम्म एकीकरण हुन नसकेपछि नेतृत्वमाथि चाँडो टुंगो लगान दवाव परिरहेको छ। आजको बैठकमा कार्यदलमा संयोजक रहनुभएका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव बिष्णु पौडेलबाहेक अन्य सात सदस्यलाई आमन्त्रण गरिएको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083