आज बिहीबार घट्यो सुनको मूल्य, तोलाको कति छ ?
वि.सं.२०७५ फागुन ९ बिहीवार ११:४४
5.45K
shares
shares

काठमाडौं । हिजो बुधबार एकै पटक ६ सय रुपैयाँ बढेर ६ वर्ष यताकै महँगोमा कारोबार भएको सुनको मूल्य आज बिहीबार भने ओरालो लागेको छ।
आज बिहीबार छापावाल सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँ रहेको थियो।
त्यस्तै आज तेजावी सुनमा पनि २ सय रुपैयाँ घटेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार ८ सय रुपैयाँ कारोबार भईरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला ७८५ रुपैयाँमा कारोबार भईरहेको छ।






























