टी–२० महिला विश्वकप छनोटमा आज नेपाल-यूएई खेल्दै

4.29K
shares

काठमाडौं। आईसीसी टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा आज नेपालले यूएई सँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगितामा आफ्नो तेस्रो खेलमा नेपालले यूएई सँग प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि भएको दोस्रो खेलमा आयोजक थाइल्यान्ड सँग ५७ रनले पराजित भएको नेपाल जित्नै पर्ने दबावमा छ।

यूएई भने तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपाल भने अंक तालिकामा चौथो स्थानमा छ। एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको नेपालको दुई अंक छ।

यूएईलाई पराजित गर्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना लाई कायमै राख्ने लक्ष्यमा नेपाल रहेको छ। नेपाल र यूएई बीचको खेल नेपाली समय अनुसार ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083