भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सचिवको सरुवा !
वि.सं.२०७५ फागुन १० शुक्रवार १०:५०
4.15K
shares
shares

काठमाडौं । भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सचिव कृष्ण प्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट सरुवामा परेको दाबी गरेका छन्। गतवर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकूद मन्त्रालयमा पठाइएको छ।
मन्त्रालयमा बुधबार बिदाई कार्यक्रममा देवकोटाले इलेक्ट्रिक बसको दवाव नमान्दा आफू सरुवामा परेको मन्त्री रवीन्द्र अधिकारी कै सामुन्ने बताएका हुन्। सरकारले २ करोडमा खरिद गरेका बीवाइडी इलेक्ट्रिक बसलाई चीनबाट आयात गरिएको प्रमाणि त नगरिदिएका कारण आफू सरुवामा परेको उनको भनाइ थियो।































