भारतले पाकिस्तानी खेलाडीलाई भिजा नदिएपछि आइओसीद्धारा वर्ल्डकपको ओलम्पिक कोटा रद्ध

4.33K
shares

काठमाडौँ । भारतको नयाँ दिल्लीमा हुने आइएसएसएफ सुटिङ वर्ल्डकपको लागि पाकिस्तानी खेलाडीलाई भिजा नदिए पछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले ओलम्पिक कोटा रद्ध गरेको छ।

दिल्लीमा हुने वर्ल्डकपबाट सन् २०२० को टोकियो ओलम्पिकमा १६ खेलाडीको कोटा छुट्याइएको थियो। तर भारतले पाकिस्तानी खेलाडीलाई भिजा नदिएपछि आइओसीले उक्त कोटा रद्ध गरेको जानकारी गराएको छ।

पाकिस्तानले इन्टरनेशनल सुटिङ स्पोर्ट्स फेडेरेसनलाई पत्र लेख्दै ओलम्पिक कोटा हटाउन आग्रह गरेपछि आइओसीले स्टेटमेन्ट जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो।

दु:खद समाचार यो हो की पाकिस्तानलाई वर्ल्डकलमा भिजा दिइएन, आइओसीको चार्टर अनुसार त्यहाँ कुनै भेदभाव हुनुहुदैन। आइएसएसएफ प्रेसिडेन्ट भ्लादमिर लिसिनले भने। तर भारतीय सुटिङ संघका अध्यक्ष रानिन्दर सिंहले भने ओलम्पिक कोटा रद्ध गर्ने बारे अन्तिम निर्णय नभइसकेको बताएका छन्।

गत साता भएको पुलवामा आक्रमणमा ४० जवान मारिएपछि भारतले पाकिस्तानमाथि विभिन्न किसिमका प्रतिवन्धहरु लगाउँदै आएको छ। यस अघि बिसीसीआईले आइसीसी समक्ष पाकिस्तानलाई क्रिकेट वर्ल्डकप खेल्न बाट बन्चित गराउन आग्रह गरेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083