पाकिस्तानसँग नखेल्ने निर्णयको सचिन तेन्दुलकरले गरे विरोध, भने–‘म घृणा गर्छु’

4.16K
shares

काठमाडौं। विश्वकपमा भारतले पाकिस्तानसँग खेल्न नहुने आवाज उठिरहेका बेला महान क्रिकेटर सचिन तेन्दुलकरले यसको विरोध गरेका छन्। क्रिकेटका भगवान भनिने तेन्दुलकरले ट्वीटरमा लेखेका छन् ‘व्यक्तिगत रुपमा म यस्तो कदमलाई घृणा गर्छु। उनले भारतले पाकिस्तानसँग खेल्नुपर्नेमा जोड दिए।

तेन्दुलकरले ट्वीटरमा लेखेका छन् ‘विश्वकपमा भारत सधैं पाकिस्तानविरुद्ध तुरुप सावित भएको छ। यो उनीहरुलाई अर्को पटक हराउने समय हो। उनीहरुलाई २ अंक दिएर उनीहरुलाई सहयोग गर्ने कुरालाई व्यक्तिगत रुपमा घृणा गर्छु। तेन्दुलकरले अगाडि लेखेका छन् ‘यति भन्दै गर्दा मेरो लागि भारत पहिले आउँछ। मेरो देशले जे निर्णय गर्छ त्यसलाई हृदयदेखि समर्थन गर्दै म पछि हट्नेछु।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083