पूर्व मन्त्री अधिकारीको स्वास्थ्य सुधारोन्मुख
वि.सं.२०७५ फागुन ११ शनिवार १३:३४
4.19K
shares
shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ। धुम्वराहीस्थित ह्याम्स अस्पतालमा उपचारत उनको स्वास्थ्य सुधारोन्मुख देखिएको स्वकीय सचिव महेश विष्टले जानकारी दिए।
नेता अधिकारीको उपचार सघन उपचार कक्षमा (आइसीयु) मै राखेर गरिएको छ। गत माघ २ गते उनको स्वास्थ्यमा समस्या देखिएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएमा सुधार नभएपछि उहाँलाई माघ २४ गते ह्याम्स अस्पतालमा लगिएको थियो।































