अमेरिकामा गोली हानेर एक नेपालीको हत्या, अर्का गम्भीर घाइते

4.51K
shares

एजेन्सी । अमेरिकामा गोली हानेर एक नेपालीको हत्या गरिएको छ। बन्दुकधारीले चलाएको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन्।अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घलेको हत्या भएको हो। गत बिहीबार राति साढे ११ बजेतिरको घटना हो। उक्त मार्टको स्टोरमै प्रवेश गरी बन्दुकधारीले गोली हानेका थिए।

गोली लागेर अर्का नेपाली प्रयास बानियाँ पनि गम्भीर घाइते भएका छन्। अहिले उनको उपचार स्थानीय लुवेल अस्पतालमा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घाइते बानियाँको भने नेपालको ठेगाना खुलेको छैन।

त्यहाँको प्रहरीले घटनाको वास्तविक जानकारी नदिए पनि ती बन्दुकधारीसँग घलको विवाद भएको बुझिएको छ। ती बन्दुकधारी व्यक्तिले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको बताइएको छ। मृतक घलेका बुबा-आमा छैनन् भने एक दिदी नेपाल र अर्की दिदी बेलायत तथा भाइ सिंगापुरमा बस्ने बताइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083