मंगलबार रातिदेखि देशभर पानी पर्ने, पाँच दिनसम्म मौसम बदली भई वर्षा र हिमपात हुने

6.62K
shares

काठमाडौं । बिभिन्न जिल्लामा आजबाट बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन्। नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ।

पश्चिममा गएरातिदेखि नै बदली सुरु भएको छ। यो क्रमशः पूर्वतिर सर्दै जाने र बुधबार दिनभरी देशभर पानी पर्ने मौसमविद शान्ति कँडेलले जानकारी दिइन्। ‘मंगलबार रातिदेखि बुधबार दिनभरी देशभरी नै पानी पर्ने सम्भावना छ,’ मौसमविद कँडेलले भनिन्, ‘त्यसको केही प्रभाव बिहीबार पनि देखिनसक्छ। बिहीबारदेखि मात्रै पश्चिमी भूभागबाट क्रमशः मौसम सफा हुँदै जाने छ।

आज काठमाडौंसहित पश्चिमका अधिकांश भागमा एकछिन घाम लाग्ने र एकछिन बादल लाग्ने मौसमविद कँडेलको भनाइ छ। यद्यपि आज दिउँसोदेखि तीन दिनसम्म पश्चिम, मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसमी बुलेटिनमा उल्लेख छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083