घुस प्रकरणमा मुछिएका आयुक्त पाठकलाई कारबाही हुन्छ : अख्तियार प्रमुख घिमिरे
वि.सं.२०७५ फागुन १२ आइतवार १३:२९
5.99K
shares
shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठक माथि कारबाही हुने दावी गरेका छन्।
आइतबार संसदको दिगो विकास समितिमा जवाफ दिदै प्रमुख आयुक्त घिमिरेले भने,’वरिष्ठ सहसचिवको नेतृत्वमा तीन सदस्यीय समितिले छानबिन गरिरहेको छ, केही दिन मै सार्वजनिक हुन्छ। कारबाही हुन्छ।‘
घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकले केही दिन अगाडी राजीनामा दिएका छन्। पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा सम्बन्धी विवादमा ७८ लाख रुपैयाँ घुस लिएको खबर बाहिरिए पछि पाठकले राजीनामा दिएका थिए। पाठकले राजीनामा नदिए सरकारले महाअभियोग लगाउने तयारी गरेको थियो।
प्रमुख आयुक्त घिमिरेले वाइडवडि प्रकरणमा बयान लिने काम भइरहेको समेत जानकारी दिए।





























