‘खेलको माध्यमबाट पनि देशलाई समृद्ध बनाउन सकिन्छ’ : खेलकुदमन्त्री

4.95K
shares

रामेछाप। युवा तथा खेलकुदमन्त्री जगतबहादुर बिश्वकर्माले नेपालमा खेलको माध्यम बाटै देशलाई समृद्ध बनाउन सकिने बताएका छन्। देशमा हिउँ, पानी, हावा आदिमा खेलिने खेलकुदको माध्यमबाट बाहृय पर्यटकहरु लाई समेत भित्र्याइ समृद्धिको बाटोमा अघि बढ्ने सम्भावन रहेको उनले बताए।

रामेछापको उमाकुण्ड गाउँपालिकाको अयोजनमा आइतबारबाट गाउँपालिकाको केन्द्र च्यादोलु प्रितिमा सुरु भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बिश्वकर्माले देशले लिएको शान्ति, सुशासन र समृद्धिसहितको दीगो विकासको लक्ष पूरा गर्नको लागि पनि खेल आवश्यक रहेको बताए।

खेलले अनुशासित बनाउने भएकाले त्यसले सुशासन कायम गर्न मद्धत पुर्‍याउने उनको भनाइ थियो। मन्त्री बिश्वकर्माले खेलमा गरिने खर्चले स्वास्थ्यमा गर्ने खर्च घटनाउने पनि बताए। ‘खेलले मानिसलाई स्वास्थ्य बनाउँछ, जसले स्वास्थ्य क्षेत्रमा गर्नु पर्ने लगानी घटाउँछ,’उनले भने।

कार्यक्रममा बोल्दै संघीय सांसद एवं पूर्व गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले वर्तमान सरकारले जनताका कार्यक्रमलाई वैज्ञानिक रुपले अघि बढाइरहेको बताए। उनले अब कुनै पनि नेपाली बेरोजगार हुनु नपर्ने गरी कार्यक्रम ल्याइएको पनि बताए।

कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गाउँपालिकाको तर्फबाट केन्द्र र प्रदेश सरकारलाई ध्यानाकर्षण सहितको मागपत्र प्रस्तुत गरेका थिए। उनले रामेछापको अति दुर्गम क्षेत्रको रुपमा रहेको उमाकुण्डको आर्थिक, सामाजिक तथा खेलकुद विकासमा ध्यान दिने केन्द्र र प्रदेश सरकारलाई आग्रह गरे।

उमाकुण्ड गाउँपालिका भित्रका सबै माध्यामिक विद्यालहरुको सहभागिता रहेको खेलकुद कार्यक्रमको उद्घाटन सभालाई प्रदेश ३ का सांसद शान्तिप्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम वडानम्बर ४ का वडाध्यक्ष मानबहादुर सुनुवारको अध्यक्षतमा भएको थियो। खेल तीन दिनसम्म चल्ने छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083