स्वच्छ वातावरण महाअभियानमा ‘प्रियंका र आयुष्मान’
वि.सं.२०७५ फागुन १३ सोमवार १५:२७
5.32K
shares
shares

काठमाडौँ। नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त भएका छन्। वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उनीहरूलाई अभियानकर्मी नियुक्त गरेको हो।
देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो। केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उद्देश्यका साथ आयङ्का फाउन्डेशन दर्ता गरेका उनीहरुले उक्त महाअभियानको अभियानकर्मीको रुपमा आफूलाई पाउँदा खुशी लागेको बताएका छन्।
प्रियंका र आयुष्मानले आफूहरुलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । रासस

























