नख्खु बम काण्ड : मृतकको परिवारलाई क्षतिपूर्ति दिने विप्लव पार्टीको घोषणा
वि.सं.२०७५ फागुन १३ सोमवार १५:२०
shares

काठमाडौं । शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा भएको बम बिस्फोटनमा परि ज्यान गुमेका मृतकका परिवारलाई विप्लव पार्टीले क्षतिपूर्ति दिने घोषणा गरेका छन्। विस्फोटनमा एकजना निर्दोष नागरिकको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए।
विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीले बम विस्फोट जिम्मा बीबीसी नेपाली सेवामा अन्तर्वार्ता दिंदै यो घटनाको जिम्मा लिएका हुन्। यसै मिडियाद्वार उनले मृतकलाई क्षतिपूर्ति दिने बताएका हुन्। विप्लव समूहका नेता हेमन्तप्रकाश वलीले भने बीबीसीको अन्तरवार्तामा गृहमन्त्री बादललाई ठाडै चुनौती दिँदै ‘प्रचण्ड, बाबुराम र बादलहरुले अनाहकमा १७ हजार मानिसको ज्यान लिएको भन्दै तिनीहरुलाई सजायँ हुनुर्ने बताएका छन्।
गृहमन्त्रालयले भने यस घटनालाई विप्लव समूहले राजनीतिक आवरणमा हिंसात्मक गतिविधि गर्न थालेको निष्कर्ष निकाल्दै कडा कारबाही गर्ने जनाएको छ। त्यसलगत्तै गृहमन्त्रालयको निर्देशनअनुसार प्रहरीले विभिन्न जिल्लाबाट २६ जना विप्लवका कार्यकर्तालाई नियन्त्रणमासमेत लिइसकेको छ। प्रहरीले देशैभरिबाट विप्लव समूहका कार्यकर्तालाई गिरफ्तार गर्ने अभियान पनि चलाएको छ।
प्रहरी स्रोतका अनुसार अहिले नेपाल प्रहरीको केन्द्रदेखि सबै प्रदेश र ७७ वटै जिल्लामा रहेका प्रहरी कार्यालयहरुले विप्लव समूहका नेता-कार्यकर्ता खोजी, अनुसन्धान तथा निगरानी थालेका छन्। गृहमन्त्री रामबहादुर थापा बादल ‘अपराधीहरुलाई कानुनको कठघरामा ल्याइने बताएका छन्।
नख्खुको घटनामा गृहमन्त्री थापा स्वयम्ले आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सामानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव समूहले नख्खु घटना घटाएको दाबी गरेका छन्।




























