आईसीसीको स्पष्टिकरण : ‘भारत-पाकिस्तानको खेल रोकिदैँन’

4.58K
shares

काटमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले भारत र पाकिस्तान बीचको विश्वकप म्याचबारे कुनै अन्यौल नरहेको बताएको छ। दुई देश बीच बढ्दो तनावसँगै आउँदो १६ जुनमा म्यान्चेस्टरमा हुने म्याचलाई लिएर विभिन्न आशंका व्यक्त भइरहेका बेला आईसीसीको प्रष्टिकरण आएको हो।

केही भारतीय खेलाडीहरुले पाकिस्तान सँगको खेल बहिष्कार गर्नुपर्ने माग गरेका थिए। तर, आईसीसीले भने खेल नरोकिने बताएको छ। ‘खेलकुद, खासगरी क्रिकेटले मानिसहरुलाई एक ठाउँमा ल्याउने र समुदायहरुलाई जोड्ने क्षमता राख्छ। विश्वकपका कुनै पनि खेलमा अहिले सम्म कुनै द्विविधा उत्पन्न भएको छैन,’ आईसीसीको वक्तव्यमा भनिएको छ।

भारत र पाकिस्तानको म्याचका लागि अहिलेसम्म ५ लाख टिकटका लागि आवेदन आइसकेको छ। जबकि २५ हजारले मात्रै टिकट पाउनेछन्।

यसै महिना भारत प्रशासित काश्मिरमा भएको आतंकवादी आक्रमणमा ४६ भारतीय सुरक्षाकर्मी मारिएका थिए। यसमा भारतले पाकिस्तानलाई दोष लगाउँदै आएको छ। भारतीय क्रिकेट कप्तान बिराट कोहलीले पाकिस्तानसँग म्याच खेल्ने वा नखेल्ने विषयमा क्रिकेट बोर्ड र सरकारको निर्णय मान्ने बताएका छन्।

विश्वकपमा अहिलेसम्म भारत पाकिस्तानसँग पराजित भएको छैन। भारतीय लिजेन्ड सचिन तेन्दुलकरले पाकिस्तानसँग नखेल्दा भारतले सम्भावित अंक गुमाउन सक्ने भन्दै ट्विट गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083