सुदूरपश्चिममा पहाडी जिल्लामा भारी हिमपात, जनजीवन कष्टकर

4.86K
shares

काठमाडौं। मौशममा आएको परिवर्तनसँगै सुदूरपश्चिममा पहाडी जिल्लामा भारी हिमपात भएको छ। मंगलबार रातिबाट हुम्लामा भारी हिमपात भएको छ। बुधबार बिहानसम्म जनिमा एक फिट हिउँ जमेको छ। हिमपात भएसँगै तापक्रम माईनस सातमा झरेको छ भने चिसो निकै बढेको छ।

पटक पटकको हिमपातले सेताम्मे हुम्ला यो हिमपातले जताततै सेतो मात्र देखिएको छ। बजार सुनसान छ। मानिसहरु घर बाहिर निस्कन कठिन छ भने उत्तरी क्षेत्रका उच्च स्थानमा तीन फिटसम्म हिमपात भएको छ। जिल्लाको एक मात्र यातायात हवाई सेवा पनि बन्द रहेको छ। नाम्खा गाउँपालिकाको लिमी संचार सम्पर्क विहीन छ।

स्थानीय बासिन्दाहरु निक्कै प्रभावित भएका छन्। यो हिमपात हुम्लाको एघारौ‌ं हिमपात हो। यसैगरी डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा तथा दार्चुलालगायतका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपा भएको छ। यसैगरी मनाङ सदरमुकाम चामेमा पनि बाल्को हिमपात भएको छ। हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083