पाकिस्तान माथि हमला गर्न गएको भारतीय लडाकु विमान काश्मिरमा दुर्घटनाग्रस्त

4.29K
shares

काठमाडौं। भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ। काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ। अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ। मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो। उडान लगत्तै ठूलो आवाज सहित बिमान पड्कियो र खेतमा खस्यो। दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ। अहिले श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको छ।

भारतीय वायू सेनाको एक लडाकु बिमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको भोलिपल्ट यो घटना भएको हो। पछिल्ला २० दिनमा भारतमा ५ वटा बिमान दुर्घटना भएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083