कुवेतविरुद्ध नेपालको जित, रुबिनाको ह्याट्रिक

4.25K
shares

काठमाडौं । उमन्स टि-२० वल्र्ड कपको एसिया छनोट अन्तरगत कुवेत विरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ। नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो।

नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर खडा गरेको थियो। नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ रनको योगदान गरिन्। उनले ४९ बलको सामना गर्दै एक चौका प्रहार गरेकी थिइन्। सुस्त गतिमा हिँडिरहेको नेपालको ब्याटिङलाई अनुभवी नेरी थापा र कप्तान रुबिना चौधरीले उकासेका थिए। उनीहरुले ३३ रनको साझेदारी गरे। नेरीले १९ बलमा त्यति नै रन बनाइन् भने रुबिनाले १३ बलमै २२ रनको आक्रामक इनिङ खेलिन्। उनीहरु दुवैले ३-३ चौका प्रहार गरेका थिए ।

ब्याटिङमा नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनर सीता राना मगर २ बलर खेलेर खाता नखोली आउट हुँदा नेपाल ६ रनको स्थितिमा थियो। त्यसपछि नेपालले नियमित विकेट गुमाउँदै गयो। तर, रुबिना र नेरीले छैटौं विकेटका लागि बलियो साझेदारी गरेर सम्मानजनक स्कोर खडा गरे।

कुवेतका मरियाम ओमार र प्रियादा मुरलीले २-२ विकेट लिएका थिए। सामान्य लक्ष्य पछ्याउने क्रममा कुवेतले राम्रो सुरुवात गरेको थियो। एक समय १ विकेटमा ६३ रन बनाएको कुवेतले रन रेट उकास्न नसक्दा दवावमा पर्‍यो। त्यसपछि ठूला सट खेल्ने चक्करमा लगातार विकेट गुमाउन पुग्यो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक पुरा गरिन्। उनले २० औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएकी थिइन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083