अन्तिम खेलमा आज नेपाल र कुवेत भिड्दै : महिला टी-२० विश्वकप छनोट

4.21K
shares

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपालले बुधबार (आज) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउन नेपालले कुवेतलाई भारी अन्तरले हराएर मात्र पुग्ने अवस्था भने छैन। नेपाललाई अरु खेलको नतिजाले प्रभाव पार्नेछ।

तालिकाको शीर्ष स्थानमा रहेको थाइल्याण्डले यूएईसँग हार्नु पर्नेछ। यतिमात्र होइन यदि यूएई भारी अन्तरले विजयी भएमा पनि नेपाललाई शीर्ष स्थानमा पुग्न कठिन हुनेछ। किनकी नेपाल र यूएईको समान आठ आठ अंक भए पनि रन रेटका आधारमा नेपाल पछि रहेको छ। चीन विरुद्धको खेलमा नेपालले झिनो अन्तरले जित निकाल्दा पनि रन रेटमा घाटा लागेको थियो।

बुधबारको खेलमा थाइल्याण्ड विजयी भएमा नेपाल र यूएईको आशा समाप्त हुनेछ। यदि नेपालले कुवेतलाई भारी अन्तरले हरायो र यूएईले थाइल्याण्डलाई झिनो अन्तरले जितेमा रन रेटका आधारमा शीर्ष स्थानमा पुग्ने टिमको टुंगो लाग्नेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083