पाकिस्तानले खसाल्यो दुई भारतीय लडाकू विमान, एक भारतीय विमान चालक पक्राउ गरेको दाबी

5.04K
shares

काठमाडौँ । पाकिस्तान सेनाले दुईवटा भारतीय लडाकू विमान खसालिएको र एक भारतीय विमान चालक पक्राउ गरिएको दाबी गरेको छ। इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका निर्देशक जनरल असिफ गफूरले यस कारवाहीको पुष्टि गरे।

‘पाकिस्तानी वायुसेनाले पाकिस्तानी एयरस्पेस भित्र दुईवटा भारतीय विमान खसाएको छ। एक विमान जम्मु कश्मीरमा खसेको र अर्को भारत अधीनस्थ कश्मीरमा खसालिएको हो। एक भारतीय पाइलटलाई जमीनमा रहेका हाम्रा सैनिकले पक्राउ गरेका छन्,’ उनले ट्वीट गर्दै भने।

पाकिस्तानी वायुसेनाले बुधवार पाकिस्तानी एयरस्पेसबाट नियन्त्रण रेखापारि आक्रमण गरी भारतले मंगलवार गरेको नियन्त्रण रेखा उल्लंघनको जवाफ फर्काएको बताएको छ। ‘यो कारवाहीको एकमात्र उद्देश्य आत्मरक्षामा हाम्रो अधिकार, इच्छा र सामर्थ्य देखाउनु थियो। हामीहरू युद्ध चर्काउन चाहँदैनौं तर त्यसका लागि बाध्य बनाइएमा पूर्ण तयारीका साथ बसेका छौं, पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनायो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083