पशुपति क्षेत्रबाट हराएको मूर्ति नजिकैको जंगलमा फेला प-यो

4.63K
shares

काठमाडौं। काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डप बाट गत शनिवार हराएको बाबा गोरखनाथको पुरानो मूर्ति फेला परेको छ।

सशस्त्र प्रहरी बलको टोलीले मंगलवार पशुपतिनाथको मन्दिरबाट करिब तीन सय मिटर पूर्व उत्तरतर्फ रहेको जंगल क्षेत्रमा मूर्ति फेला पारेको हो। ३५ केजी तौलको रहेको खरानीको रुखको जरा भित्र ओडारमा फेला पारेको प्रहरीले जनाएको छ। प्रहरी देखेपछि दुई युवक मूर्ति छाडेर भागेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083