टुँडिखेलमा श्रद्धाञ्जलीका लागि गरीएको तयारी (फोटोफिचर)
वि.सं.२०७५ फागुन १६ बिहीवार १५:५२
4.85K
shares
shares

काठमाडौं। ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिए लगत्तै ७ जनाको शव टुँडिखेलमा ल्याउने तयारी भैरहेको छ।

टुँडिखेलमा अहिले विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताहरु आउने क्रम जारी छ। बुधबार पाथीभरा मन्दिरबाट फर्किने क्रममा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारी सहित ७ जनाको ज्यान गएको थियो।



















