आङ छिरिङको निधनको शोकमा शुक्रबार यति एयरलाइन्सका सबै उडान बन्द

5.23K
shares

काठमाडौँ। यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा शुक्रबार यति एयरका सबै उडान बन्द हुने भएका छन्।

ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित शेर्पाको पनि निधन भएको थियो। कम्पनीका प्रबन्ध निर्देशकको निधनको शोकमा शुक्रबार देशैभर हुने यति एयरका उडान एक दिनका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ।

उडान बन्द हुँदा यात्रुमा पर्ने असर प्रति कम्पनी क्षमाप्रार्थी रहेको पनि उसले जनाएको छ। साथै शनिबार देखि आफ्ना सबै उडान नियमित रुपमा सञ्चालन हुने पनि कम्पनीले जनाएको छ। बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङमा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारी सहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083