वैशाख देखि पाइप लाइनबाट इन्धन भित्र्याउने

4.63K
shares

काठमान्डौ । मन्त्रिपरिषद्स्तरीय निर्णयको पर्खाइमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतीक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ।

निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषदले समयमै निर्णय नगर्दा परियोजनाको काम रोकिएको थियो। गत माघ १० गतेको मन्त्रिपरिषद्को निर्णय सँगै आवश्यक प्रक्रिया मिलाएर निकुञ्जले रुख कटानको काम सुरु गरेको समाचार अन्नपूर्ण पोस्ट् दैनिकले लेखेको छ।

निकुञ्जले पथलैयास्थित टिम्बर कर्पोरेसनलाई रुख कटान गरी लगत राख्न पत्राचार गरेको छ। निकुञ्जको पत्राचार पछि विधिवत रूपमा रुख कटानको काम सुरु भएको छ। निकुञ्जले रुख कटानको समय जेठ सम्म्लाई दिएको भए पनि एक महिना भित्रै सबै काम सकी वैशाख भित्रै पाइप लाइनबाट इन्धन भित्र्याउने लक्ष्य कार्यालयले राखेको छ।