टुँडिखेलमा मन्त्री अधिकारीलाई श्रद्धान्जली र राष्ट्रिय सम्मान पछि शव पोखरा लगिने

5.9K
shares

काठमान्डौ । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको आज अन्त्येष्टि गरिँदैछ।

विहान ८ बजे पछि टुँडिखेलमा श्रद्धान्जली र राष्ट्रिय सम्मान पछि मन्त्री अधिकरीको शव पोखरा लगिनेछ। पोखरामा शवयात्र पछि आजै अन्त्येष्टि गरिनेछ।

त्यस्तै दुर्घटनामा ज्यान गुमाएका नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र कुमार श्रेष्ठ, निर्देशक ई ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका उपसचिव तथा प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ समेत रेहका सुरक्षाकर्मी अर्जुन घिमिरेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

टिचिङ अस्पतालमा आफन्तलाई शव जिम्मा लगाएपछि प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले यति एयरलायन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पाको आइतबार अन्तिम संस्कार गरिने जानरकारी दिए।