हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार शुरु
वि.सं.२०७५ फागुन १७ शुक्रवार १४:४३
5.42K
shares
shares

काठमाडौं। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार शुरु गरिएको छ।

दुर्घटनामा ज्यान गुमाएका नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ईन्जिनियर ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका उपसचिव तथा प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको भने गृहजिल्ला कास्कीमा दाहसंस्कार गरिनेछ। त्यस्तै अर्का पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शव परिवारलाई बुझाइएको छ।












