घरेलु मैदानमा रियल मड्रिड बार्सिलोनासँग पराजित
वि.सं.२०७५ फागुन १९ आइतवार १२:०५
shares

काठमाडौं। लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडलाई पराजित गरेको छ।
शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा इभान राकिटिकले निर्णायक गोल गरे। आफ्नै घरेलु मैदानमा बार्सिलोनालाई पराजित गर्न रियललाई अवसर थियो। तर उसको अवसर पूरा हुन सकेन।
खेलको २६औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा खेल रक्षात्मक खेल्दै आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो। शीर्ष स्थानमा रहेको बार्सिलोनाले जितसँगै २६ खेलबाट ६० अंक बनाएको छ। पराजित रियलको भने २६ खेलबाट ४८ अंक छ।
ला लिगा लिग अन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा स्पानियोलले रियल भ्यालडोलिडलाई ३-१ ले, अलभेसले भिलारियललाई २-१ ले र ले अलभेसलाई हुइस्काले सेभियालाई २-१ गोल-अन्तरले पराजित गरेका छन्।






























